नयाँदिल्ली । भारतको सर्वोच्च अदालतका पूर्वन्यायाधीश मार्कण्डेय काटजूले विद्यार्थी नेतृ नेहा बोराको अभिव्यक्तिमाथि कडा आलोचना गरेका छन् ।ब्राह्मणवाद र पुजारीबारे दिएको विवादास्पद अभिव्यक्तिलाई लिएर काटजूले नेहाले अधुरो जानकारीका आधारमा संसारका हरेक विषयमा उपदेश दिन खोजेको टिप्पणी गरेका हुन् ।सामाजिक सञ्जाल एक्समार्फत आफ्नो लेख सार्वजनिक गर्दै काटजूले नेहा बोराले ब्राह्मणवादमाथि गरेको टिप्पणीप्रति असहमति जनाएका छन् । जातीय व्यवस्थामाथि आलोचना गर्नु उचित भए पनि ‘ब्राह्मणवाद’ शब्द प्रयोग