पोखराको प्रमुख पर्यटकीय गन्तव्य डेभिड फल्स (पातले छाँगो) चार महिनादेखि बन्द हुँदा त्यहाँ सञ्चालित व्यवसाय प्रभावित भएका छन् । गत साउनदेखि छाँगो बन्द भएपछि अवलोकनका लागि आउने पर्यटक फर्कनुपर्ने अवस्था छ । यसले छाँगो परिसरमा व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीको आम्दानीमा प्रत्यक्ष असर पारेको छ । डेभिड फल्स परिसरमा विगत २० वर्षदेखि व्यवसाय गर्दै आएका