काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा चितवन राइनोजका बलर रिजन ढकालले कार जितेका छन्।एनपीएलमा सर्वोत्कृष्ट नेपाली खेलाडी बन्दै उनले ओमोडा एन्ड जेकोको कार जितेका हुन्। उनले प्रतियोगितामा १७ विकेट लिएका थिए। यसअघि पहिलो सिजनमा सुदूरपश्चिम रोयल्सका दीपेन्द्र सिंह ऐरीले र दोस्रो सिजनमा लुम्बिनी लायन्सका रोहित पौडेलले कार जितेका थिए।