पोखरा – प्रतिनिधिसभा सभामुख डोलप्रसाद अर्यालले देश समृद्ध बनाउन र भ्रष्टाचार सधैँका लागि अन्त्य गर्न भ्रष्टाचारमुक्त समाज निर्माणको अभियानमा लागेको बताएका छन् । शनिबार लायन्स क्लब अफ पोखराको ५०औँ वर्षको अवसरमा आयेजित स्वर्ण महोत्सवलाई सम्बोधन गर्दै उनले देशमा सुशासन कायम गरी भ्रष्टाचारलाई सधैँका लागि अन्त्य गर्ने बृहत् अभियानका साथ सदनलाई प्रभावकारी बनाउने कार्यमा आफू जुटेको