फाइनल खेलमा सुदूरपश्चिम रोयल्सका ओपनर जर्ज मुन्सेको शतक

  • शनिबार ६ मंिर २०८३ ०९:०० PM
काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको फाइनल खेलमा लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सका ओपनर जर्ज मुन्सेले शतक प्रहार गरेका छन्। उनले ४९ बलमा ८ चौका र ८ छक्कासहित शतक प्रहार गरेका हुन्।  एनपीएलमा शतक प्रहार गर्ने उनी छैटौं खेलाडी हुन्। यस संस्करणमा शतक प्रहार गर्ने उनी तेस्रो खेलाडी हुन्। यसअघि, पोखरा एधेन्जर्सका युवराज सम्रा र चितवन राइनोजका कामिल मिशराले शतक प्रहार गरेका थिए।