काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)तेस्रो संस्करणको उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ। पहिलो र दोस्रो संस्करणमा लगातार उपविजेताको रुपमा रहेको सुदूरपश्चिम रोयल्सले तेस्रो प्रयासमा भने उपाधि जितेको हो। साविक विजेता रहेको लुम्बिनी लायन्सलाई १० विकेटको फराकिलो जित सहित सुदूरपश्चिम रोयल्सले एनपीएलको मेडन उपाधि जितेको हो। त्रिवि क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी लायन्सले ६ विकेटको क्षतीमा १५५ रन बनाएको थियो। लुम्बिनी लायन्सले दिएको १५६ रनको विजयी लक्ष