काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको फाइनल खेलमा लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सका ओपनर जर्ज मुन्सेले अर्धशतक प्रहार गरेका छन्। उनले २८ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन्। जर्ज मुन्सेले ६.५ ओभरमा ४५ रनमा क्याच मिसको रुपमा जीवनदान पाए। उनले उत्कृष्ट पारी खेलिरहेका छन्। सुदूरपश्चिम रोयल्स ७.३ ओभरमा बिना कुनै विकेटको क्षतीमा ७० रन बनाएर खेलिरहेको छ। ओपनर विनोद भण्डारीले पनि मुन्सेलाई राम्रो साथ दिइरहेका छन्।