प्रधानमन्त्री बालेन भारत जानुअघि काठमाण्डुमा चिनियाँ राजदूतको सक्रियता

  • शनिबार ६ मंिर २०८३ १२:१५ PM
काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को भारत भ्रमणको पूर्वसन्ध्यामा नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ काठमाण्डुमा सक्रिय देखिएका छन् । राजदूत माओमिङले बिहीबार परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरे । बिहीबारै साँझ केही सञ्चारमाध्यमका सम्पादकहरूसँग उनले डिनर मिटिङ गरे । शनिबार उनी बूढानीलकण्ठ नगरपालिका–६ इटालीटारस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने निवास पुगेका छन् ।