काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको फाइनलमा सुदूरपश्चिम रोयल्सविरुद्ध राम्रो सुरुवात गरेको लुम्बिनी लायन्सलाई चौथो विकेट गुमाउँदा झट्का लागेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी फाइनलमा लुम्बिनीले १५ ओभरको खेल सकिँदा ४ विकेट गुमाएर १०८ रन बनाएको छ । कप्तान रोहित पौडेल ३० रन बनाएर आउट भएपछि सुदूरपश्चिमले राहत महसूस गरेको