राष्ट्रपति पौडेलसँग जापानका उपमन्त्रीको शिष्टाचार भेट

  • शनिबार ६ मंिर २०८३ ०१:११ PM
काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी काजुहिरोले राष्ट्रपतिको कार्यालय शीतलनिवासमा शिष्टाचार भेट गरेका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुुसार नेपाल र जापानबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको थियो ।