काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन सुधारका लागि आयोजित नागरिक सुनुवाइमा जेब्रा क्रसिङमा सवारीसाधन नरोक्ने, सार्वजनिक यातायातमा महिला यात्रुमाथि दुर्व्यवहार हुने तथा विद्यालय क्षेत्रमा ध्वनि प्रदूषण हुने गरी मोटरसाइकल चलाउने गरिएको गुनासो गरिएको छ । ट्राफिक प्रहरी प्रभाग गौशाला र काठमाडौँ महानगरपालिका वडा नं. ९ को संयुक्त आयोजनामा सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत आयोजित नागरिक सुनुवाइमा स्थानीयवासी, विद्यार्थी