अब आन्दोलन घोषणा भए युवा पङ्क्तिले देश कब्जा गर्छ : महेश बस्नेत

  • शनिबार ६ मंिर २०८३ ११:३९ AM
काठमाडौं । नेकपा (एमाले)का सचिव महेश बस्नेतले वर्तमान सरकारविरुद्ध पार्टीले आन्दोलन घोषणा गरे युवा पङ्क्ति अग्रपङ्क्तिमा उत्रिने बताएका छन् । नेसनल भोलिन्टियर फोर्सको प्रथम स्थापना दिवस तथा राजधानी प्रदेशस्तरीय कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । कार्यक्रममा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सम्बोधन गरेका बस्नेतले वर्तमान सरकारलाई अधिनायकवादी र प्रतिशोधपूर्ण भएको आरोप लगाए । उनले लोकतन्त्रलाई सही बाटोमा ल्याउन तथा भ्रष्टाचार, अनियमितता, घुसखोरी, तस्करी र सरकारी संयन्त्रमा रहेको भनिएको सेटिङविरुद्ध पार्टीले आन्दोलन गर्ने तयारी गरिरहेको बताए । उनले आन्दोलन घोषणा भएपछि नेसनल भोलिन्टियर फोर्ससहित एमालेका युवा सङ्गठनहरू ... The post अब आन्दोलन घोषणा भए युवा पङ्क्तिले देश कब्जा गर्छ : महेश बस्नेत appeared first on Kalika Khabar.