तानसेन : नेपालको चारधामका रूपमा रहेको पाल्पा, गुल्मी र स्याङ्जाको संगमस्थल रुरु क्षेत्रधाम रिडीमा आज भगवान् हृषिकेशको भव्य रथयात्रा आयोजना गरिएको छ ।ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको रुरु क्षेत्रधाममा प्रत्येक वर्ष कात्तिक शुक्ल पक्ष हरिबोधिनी एकादशीको अर्को दिन अर्थात् द्वादशीका दिन भगवान् हृषिकेशको रथयात्रा निकाल्ने परम्परा रहँदै आएको छ । विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि देशका विभिन्न स्थानबाट आएका तीर्थयात्री, साधुसन्त र भक्तजनहरूको ठूलो उपस्थितिमा रथयात्रा निकालिएको हृषिकेश मन्दिर व्यवस्