एनपीएललगायतका खेलकुद प्रतियोगितामा अनलाइन सट्टेबाजी गराउने ५ जना पक्राउ

  • शनिबार ६ मंिर २०८३ ०६:०० PM
दाङ :  नेपाल प्रिमियर लिग (एनपीएल) लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा अनलाइन सट्टेबाजी (बेटिङ) गराउने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा १ जना नेपाली र ४ जना भारतीय नागरिक रहेका छन् ।दाङको लमही नगरपालिका–५, रातोडाँडास्थित जस्मिन होटल एण्ड लजबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो । होटलको तेस्रो तलामा रहेका कोठा नम्बर २०३ र २०४ भाडामा लिई अनलाइन सट्टेबाजीका प्लेटफर्म सञ्चालन भइरहेको भन्ने विशेष सूचनाका आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दा