काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालसँग जापानका विदेश मामिलासम्बन्धी संसदीय उपमन्त्री काजुहिरो फुजीले शिष्टाचार भेटवार्ता गरेका छन् ।परराष्ट्र मन्त्रालयमा भएको उक्त भेटवार्तामा नेपाल–जापान द्विपक्षीय सम्बन्ध तथा आपसी सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको थियो ।सो अवसरमा मन्त्री खनालले नेपाल भ्रमणमा रहेका जापानी उपमन्त्री फुजीलाई स्वागत गर्दै हालै रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि तत्काल राहत तथा सहयोग उपलब्ध गराएको र पुनर्निर्माणमा समेत सघाउने तत्परता देख