नेपाल–भारत सम्बन्धका विविध आयामबारे तीनदिने नीति संवाद काठमाडौंमा सुरु भएको छ। शुक्रबार बुढानीलकण्ठस्थित होटल होलिडे इनमा सुरु भएको संवादमा नेपाल र भारतका विज्ञ, नीति निर्माता तथा प्राज्ञिक क्षेत्रका प्रतिनिधिहरू सहभागी छन्। नीति अनुसन्धान प्रतिष्ठान नेपालको आयोजनामा सुरु भएको संवाद मंसिर ६ गतेसम्म सञ्चालन हुनेछ। कार्यक्रमको उद्घाटन गर्दै प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति तथा सांसद सुम्निमा