काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष मनिष पण्डितले नेपाली चलचित्र क्षेत्रको विकास, विस्तार र व्यावसायिक सुदृढीकरणका लागि चलचित्र हल व्यवसायीलाई सरकारले उचित सुविधा, प्रोत्साहन तथा राहतका कार्यक्रम उपलब्ध गराउनुपर्ने बताएका छन् । नेपाल चलचित्र संघको ५२ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष पण्डितले नेपाली चलचित्रको विकास र विस्तारमा चलचित्र प्रदर्शकहरूको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे । उनले चलचित्र संघलाई नेपाली चलचित्र क्षेत्रको अभिभावक संस्था भन्दै यस क्षेत्रको विकासका लागि संघबाट धेरै कुरा सिक्न र त्यसलाई व्यवहारमा लागू गर्नुपर्ने बताए । उनले भने, ‘नेपाली चलचित्र क्षेत्रको विकास र विस्तारमा चलचित्र प्रदर्शकहरूको भूमिका ... The post नेपाली चलचित्रलाई प्राथमिकता दिने हललाई प्रोत्साहन गर्छौँ : अध्यक्ष पण्डित appeared first on Kalika Khabar.