काठमाडौं : पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बरमा स्वदेश फर्किने घोषणा गरेसँगै बंगलादेशमा राजनीतिक तनाव र हिंसा पुनः चर्किएको छ। प्रतिशोधपूर्ण आक्रमणको शृङ्खलाबिच नराइल जिल्लामा हसिनाको पार्टी ‘अवामी लिग’ का नेता, कार्यकर्ता तथा समर्थकका करिब ५० वटा घर र पसलहरूमा आगजनी गरिएको छ।प्रधानमन्त्री तारिक रहमानको पार्टी ‘बंगलादेश नेसनलिस्ट पार्टी’ (बीएनपी) का दुई स्थानीय नेताको हत्या भएको विरोधमा आक्रोशित समूहले शुक्रबार नराइलको कालिया उपजिल्लास्थित बेन्दर चार गाउँ