काठमाण्डु – जुवातास खेलिरहेको अवस्थामा प्रहरीले देशका विभिन्न स्थानबाट ४९ जनालाई पक्राउ गरेको छ । काठमाण्डु महानगरपालिका–१६ मैपी बस्ने ४९ वर्षीय श्याम शर्माको घरको ग्राउण्डमा जुवा (कौडा) खेलिरहेको अवस्थामा श्याम समेत २४ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाण्डुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नेपाली ९ लाख ६० हजार ५०० रूपैयाँ, ४६० अमेरिकी