काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनको फाइनलमा सुदूरपश्चिम रोयल्सले टस जितेर लुम्बिनी लायन्सलाई फिल्डिङको निम्तो भएको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर लुम्बिनीलाई ब्याटिङको निम्तो दिएका हुन् । एनपीएल इतिहासमा दुवै टोलीले लगातार दोस्रोपटक फाइनल खेल्दैछन् ।