चलचित्र विकास बोर्डका अध्यक्ष मनिष पण्डितले नेपाली चलचित्र क्षेत्रको विकास, विस्तार र व्यावसायिक सुदृढीकरणका लागि चलचित्र हल व्यवसायीलाई सरकारले उचित सुविधा, प्रोत्साहन तथा राहतका कार्यक्रम उपलब्ध गराउनुपर्ने बताएका छन् । नेपाल चलचित्र संघको ५२औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष पण्डितले नेपाली चलचित्रको विकास र विस्तारमा चलचित्र प्रदर्शकहरूको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे । उनले