जाजरकोट : कुुनै समय गाडीको ढोका ढ्याप ढ्याप बजाउनु र सहचालकको रुपमा चालकलाई सघाउनु उनको दैनिक दिनचर्या थियो। मन नहुँदा नहुँदै पनि सहचालक बन्नु उनका लागि रहर नभइ बाध्यता थियो। सहचालक हुँदै गाडी चलाउन सिके। समयक्रममा उनले बसको सहचालकबाट चालक बन्ने अवसर पाए। गाडीको स्टेयरिङसँगै उनले आफ्नो भविष्यको स्टेयरिङ पनि घुमाउन थाले। पढाइलाई अगाडि बढाए।उनले एसएलसी उत्तीर्ण गरे, कक्षा १२ सके, स्नातक तह पूरा गरे र स्नातकोत्तर तहसम्मको अध्ययन सम्पन्न गरे। जसलाई कुनै समय गाडीमा ‘खलासी’ भनेर हेपेर सम्ब