दैलेख बन्चरो प्रहार प्रकरण : श्रीमतीको पनि मृत्यु, मृतकको संख्या तीन पुग्यो

  • शनिबार ६ मंिर २०८३ ०४:०० PM
दैलेख : दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकामा एक व्यक्तिले आफ्नै परिवारका सदस्यमाथि बन्चरो प्रहार गर्दा मृत्यु हुनेको संख्या तीन पुगेको छ।घरायसी विवादका क्रममा चामुण्डाबिन्द्रासैनी नगरपालिका–३, पानीखोला बस्ने ३८ वर्षीय अम्बर सलामी मगरको बन्चरो प्रहारबाट गम्भीर घाइते भएकी उनकी ३५ वर्षीया श्रीमती मनिषा सलामी मगरको पनि उपचारका क्रममा मृत्यु भएको हो।जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार गम्भीर घाइते मनिषालाई नगर अस्पताल दुल्लुबाट थप उपचारका लागि प्रदेश अस्पताल कालागाउँ, सुर्खेत रिफर गरिएको