काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले नेपालको राजनीतिलाई सही दिशामा लैजाने पार्टी नेकपा मात्रै भएको बताएका छन्।शनिबार भक्तपुरमा आयोजित नेकपा जागरण अभियान कार्यक्रममा नेपालले जनताले सबैभन्दा बढी आशा कम्युनिस्ट पार्टीप्रति गरेको जिकिर गरे। उनले देश, जनता र समाजको चिन्ता रहेको बताउँदै मुलुकको रूपान्तरण र परिवर्तनका लागि लाग्नुपर्नेमा जोड दिए।कम्युनिस्ट पार्टीलाई अघि बढाउने जिम्मेवारी नेकपाको काँधमा रहेको उल्लेख गर्दै उनले राष्ट्रियता, जनअधिकारको रक्षा, जनसमस्या उज