बालेन भ्रमणको पूर्वसन्ध्यामा मोदीले उत्तराखण्डका मुख्यमन्त्री धामीलाई किन बोलाए दिल्ली ?

  • शनिबार ६ मंिर २०८३ ०९:४१ AM
काठमाण्डु– नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) भारत भ्रमणमा जानुअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग सीमा जोडिएको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीसँग भेट गरेका छन् । मोदीले धामीलाई शुक्रबार नयाँदिल्ली बोलाएर भेटेका हुन् । प्रधानमन्त्री बालेन आइतबार दुईदिने औपचारिक भ्रमणका लागि भारत जाँदैछन् । भ्रमणका क्रममा सोमबार भारतीय प्रधानमन्त्री मोदीसँग उनको एक्लाएक्लै र प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन् ।