काठमाण्डु– दैलेखमा एक व्यक्तिले आफ्नै परिवारका चार सदस्यमाथि बन्चरो प्रहार गरेका छन् । बाबुको आक्रमणबाट दुई बालबालिकाको मृत्यु भएको छ भने श्रीमती र अर्का एक छोरा गम्भीर घाइते भएका छन् । चामुण्डा बिन्द्रासैनी नगरपालिका–३ पानीखोलाका ३८ वर्षीय अम्बर सलामी मगरले शनिबार बिहान करिब ९ः३५ बजे परिवारका सदस्यहरूमाथि बन्चरो प्रहार गरेका प्रहरीले जनाएको छ । प्रहरीका