ज्ञान हस्तान्तरणको विषय प्राचीन हुनुका साथै पूर्ण रूपमा समसामयिक पनि छ। जब हामी ज्ञान हस्तान्तरणको इतिहास खोतल्छौं, हाम्रो ध्यान केवल यन्त्र वा प्रविधिमा मात्र निहित नभएर दक्षिण एसियाको प्राकृतिक भूगोल र सभ्यतामा जोडिनुपर्छ। दक्षिण एसियामा मानिस, वस्तु, भाषा, कथा र आध्यात्मिक परम्पराहरू प्रवाह हुने सबैभन्दा पुराना माध्यम नदीहरू नै थिए।दक्षिण एसियाली सभ्यतामा सप्त–सिन्धु र गंगा मैदानले ज्ञान हस्तान्तरणको एउटा अत्यन्त समृद्ध र बलियो सभ्यतागत भूगोल निर्माण गरेका हुन्। जुन मानिस, विचार, संस्कृ