नवलपुर : कावासोती-१४ त्रिभुवनटारस्थित जनता माध्यमिक विद्यालयको बस खरिद तथा सञ्चालन प्रक्रिया विवादमा तानिएको छ। विद्यालयले २०७८ सालमा ६ लाख ८० हजार रुपैयाँ खर्च गरी खरिद गरेको ग ०४–००१ ख ००५० नम्बरको बस विद्यालयको नाममा नभई तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लीला भण्डारीको व्यक्तिगत नाममा दर्ता भएको पाइएपछि विवाद सुरु भएको हो।विद्यालयले बसको खरिद तथा सञ्चालन खर्च बेहोर्दै आए पनि स्वामित्व भने व्यक्तिको नाममा राखिएकाले सार्वजनिक सम्पत्तिको व्यवस्थापन र आर्थिक पारदर्शितामाथि प्रश्न