काठमाडौँ : नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको अवसरमा आगामी मंसिर ६ गते आइतबार काठमाडौँको दरबारमार्गमा आयोजना हुने ‘नेपाल–जापान महोत्सव २०२६’ को सम्पूर्ण तयारी पूरा भएको छ।नेपाल–जापान महोत्सव आयोजक समितिको आयोजना तथा नेपालस्थित जापानी राजदूतावास र काठमाडौँ महानगरपालिकाको सहआयोजनामा हुन लागेको महोत्सवले दुई देशबीचको सात दशक लामो मित्रता र सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने अपेक्षा गरिएको छ। महोत्सवको मुख्य आकर्षणका रूपमा जापानको चर्चित सा