काठमाडौं : नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहको भ्रमणमा उठाउनुपर्ने विषयमा सरकारले परामर्श नगरेकोप्रति आपत्ति जनाएको छ। कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले आज एक विज्ञप्ति जारी गर्दै भ्रमण अघि राष्ट्रिय हितका विषयमा साझा धारणा निर्माण गर्न प्रमुख प्रतिपक्ष लगायत राजनीतिक दलहरूसँग परामर्श गर्ने हाम्रो स्थापित लोकतान्त्रिक परम्परा रहेको स्मरण गराएको हो।‘मित्रराष्ट्रहरूको महत्त्वपूर्ण भ्रमण अघि राष्ट्रिय हितका विषयमा साझा धारणा निर्माण गर्न प्रमुख प्रतिपक्ष लगायत राजनीतिक दल