पुनर्जागरण पर्खिरहेको काशीको पशुपतिनाथ

  • शनिबार ६ मंिर २०८३ ०२:०० PM
भारतमा रहेको काशीको प्रसिद्ध विश्वनाथ मन्दिर विश्वका सम्पूर्ण हिन्दुहरूको आस्थाको केन्द्र हो। प्रत्येक दिन त्यहाँ लाखौं भक्तजनहरू शिर झुकाउन पुग्छन्। केही वर्षअघि सम्पन्न भएको काशी विश्वनाथ कोरिडोर निर्माणसँगै वाराणसीको ललिताघाटले एकाएक विश्वको ध्यान केन्द्रित गरेको छ। ललिताघाटको इतिहास नेपालसँग जोडिएको छ। अहिले यही घाट हुँदै काशी विश्वनाथ मन्दिरको मुख्य प्रवेशद्वारमा पुग्नुपर्छ। परापूर्वकालमा यो घाट ‘नेपालीघाट’का नामले प्रसिद्ध थियो। तत्कालीन काशी नरेशले नेपालका राजालाई पत्र लेख्दास