शान्त र सौम्य पहाडी छटा। शताब्दीऔंका कथा बोकेका ढुंगे गल्लीहरू। प्राचीन वास्तुकलाका अनेक स्वरूप। नयाँ सहर। नयाँ भाषा अनि अपरिचित परिवेश।युरोपको मध्यभागमा अवस्थित स्लोभाकिया। जसलाई पूर्वमा युक्रेनले, दक्षिणमा हंगेरीले, दक्षिण–पश्चिममा अस्ट्रियाले, उत्तरमा पोल्यान्डले र उत्तर–पश्चिममा चेक गणतन्त्रले अँगालोमा बेरेका रहेछन्। नेपालजस्तै भूपरिवेष्ठित यो देशको पनि कहीँकतै सिमानामा समुद्र रहेनछ। हो, त्यहाँको स्वच्छ र शीतल हावाले पहिलो पटक अनुहार स्पर्श गर्यो, सन् २०२६ को अक्टोबर ५