दैलेख : दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकामा एक व्यक्तिले आफ्नै परिवारका सदस्यमाथि बन्चरो प्रहार गर्दा दुई बालबालिकाको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । चामुण्डाबिन्द्रासैनी नगरपालिका–३, पानीखोला बस्ने ३८ वर्षीय अम्बर सलामी मगरले घरायसी वादविवादका क्रममा शनिबार बिहान आफ्नै श्रीमती र तीन छोराछोरीको टाउकोमा दाउरा काट्ने बन्चरोले प्रहार गरेका हुन् ।बन्चरो प्रहारबाट गम्भीर घाइते भएका १२ वर्षीय छोरा तपेन्द्र सलामी मगर र ३ वर्षीया छोरी करिश्मा सलामी मगरको उपचारका क्रममा मृत्यु