पुरीमा भेटिएको अनुभूतिहरूको विशाल भण्डार

  • शनिबार ६ मंिर २०८३ ०२:०० PM
सोमबार बिहानको ६ बजे। आकाशमा उज्यालो भर्खरै पखेटा फिँजाउँदै थियो। तर पुरीको जगन्नाथ मन्दिरअगाडि आस्थाको सागर पहिल्यै उर्लिसकेको थियो। हामी पनि त्यही सागरको सानो थोपा बनेर लाममा उभियौं। अघिल्लो रात साढे ११ बजेमात्र ‘वन्दे भारत’ एक्सप्रेसले पुरीको आँगनमा ओरालेको थियो।थकित शरीर। अधुरो निद्रा। तैपनि मनभित्र चार धाममध्येको एक पुरीधाम टेक्नुको अद्भुत रोमाञ्च। तर मन्दिरको संघार टेक्न यति लामो अग्निपरीक्षा दिनुपर्ला भन्ने अनुमान थिएन। अघिपछि जीवनका अनेक रङ थिए। चाउरिएका गालामा उज्यालो सपना ब