भक्तपुर– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल प्रचण्डले आसन्न स्थानीय तह निर्वाचनमा एमालेसँग चुनावी तालमेल गर्नेबारे सहमति भइसकेको बताएका छन् । भक्तपुरमा शनिबार पार्टीको जागरण अभियानअन्तर्गत आयोजित कार्यक्रममा उनले एमाले र मसालसँग चुनावी सहकार्यको टुंगो लागिसकेको बताए । एजेण्डा र विचार मिल्ने अन्य दलसँग पनि सहकार्यको प्रयास जारी रहेको उनको भनाइ थियो । ‘एमाले