प्रधानमन्त्रीले भारत भ्रमणअघि दलहरूसँग परामर्श नगरेको भन्दै कांग्रेसको आपत्ति

  • शनिबार ६ मंिर २०८३ ०७:२३ AM
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणअघि अन्य राजनीतिक दलसँग परामर्श नगरेको भन्दै आपत्ति जनाएको छ । कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै राष्ट्रिय महत्त्वको भ्रमणअघि सबै दलसँग छलफल गरेर साझा धारणा बनाउनुपर्ने बताएका छन् । उनले सरकारले प्रमुख प्रतिपक्ष, अन्य दल र विषयविज्ञसँग परामर्श नगरेको भन्दै असन्तुष्टि जनाएका हुन् ।