जेन्जी आन्दोलनमा भिमफेदी कारागारबाट फरार प्रतिवादी पक्राउ

  • शनिबार ६ मंिर २०८३ ०१:०० PM
मकवानपुर : मकवानपुरको भिमफेदी कारागारबाट फरार भएका लागूऔषध (खैरो हेरोइन) मुद्दाका एक प्रतिवादीलाई नियन्त्रणमा लिइएको छ।शुक्रबार २ बजेतिर हेटौँडा उपमहानगरपालिका २ पिपलबोटस्थित हिँडिरहेको समयमा हेटौँडा उपमहानगरपालिका - १३ पदमपोखरीका २३ वर्षीय हर्षित राज मुक्तानलाई नियन्त्रणमा लिएको हो। जेन्जी आन्दोलनका क्रममा भिमफेदी कारागारबाट फरार भएका उनलाई लागूऔषध (खैरो हेरोइन) मुद्दामा ११ वर्ष कैद र रु. ८० हजार जरिबाना सजाय तोकिएको थियो।