रसुवा :‘श्रीमान् बेपत्ता भएपछि तीन सन्तानको पालनपोषण गर्ने जिम्मेवारी मेरो काँधमा आएको छ। २५ हजार रुपैयाँ किरिया खर्च र केही बोरा चामल त पाएँ, तर त्यसले परिवारको पेट पाल्न र घरव्यवहार चलाउन पुग्दैन,’ भोटेकोशी बाढीले बिचल्लीमा परेकी रसुवाको उत्तरगया गाउँपालिका–३ की मीना तामाङको पीडा हो, यो।पाँच वर्षका बालकसहित तीन सन्तानको एक्लो सहारा बनेकी मीनाले सरकारी निकायबाट पर्याप्त राहत नपाएको गुनासो गरिन्। बाढीका बेला गाडी लिएर केरुङ गएका उनका श्रीमान् त्यसपछि फर्किएनन्। बाढीले घरसमेत प्