काठमाडौं । मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसीए)–नेपालले न्यू बुटवलदेखि न्यू दमौली सबस्टेशनसम्म ४०० केभी क्षमताको विद्युत् प्रसारण लाइन निर्माण सुरु गरेको छ । एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माण हुने उक्त प्रसारण लाइनको काम मंसिर ४ गतेदेखि तनहुँ र पाल्पाबाट सुरु गरिएको हो । एमसीए–नेपालका अनुसार न्यू बुटवल–न्यू दमौली खण्ड ९० किलोमिटर लामो हुनेछ । यस खण्डमा तनहुँ,