काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशमा डेटा सेन्टर निर्माण गर्ने अमेरिकी प्रविधि कम्पनीहरूलाई भारी कर र जरिबाना लगाउने चेतावनी दिएका छन् । अमेरिकाले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र त्यसका लागि आवश्यक पूर्वाधारमा चीनसँग प्रतिस्पर्धा गरिरहेको भन्दै उनले अमेरिकी अग्रता कायम राख्न यस्तो नीति आवश्यक रहेको बताएका हुन् । शुक्रबार चीन भ्रमणपछि ह्वाइट हाउसमा आयोजित पत्रकार