भक्तपुर । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी चुनावको प्रचारप्रसारमा सामाजिक सञ्जाल र सूचना प्रविधिको प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । मध्यपुर थिमीमा नेपाली कम्युनिस्ट पार्टी भक्तपुरले आयोजना गरेको ‘राष्ट्रिय जागरण अभियान’ कार्यक्रममा बोल्दै उनले बदलिँदो समयअनुसार चुनावी प्रचारशैली पनि परिवर्तन गर्नुपर्ने बताएका हुन् । उनले अहिले सूचना प्रविधिको युग भएकाले यसको प्रयोग