नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान राजनीतिक परिस्थितिमा संविधान र शान्ति सम्झौताका उपलब्धिमाथि प्रहार भइरहेको आरोप लगाएका छन् । शनिवार भक्तपुरमा नेपाली कम्युनिष्ट पार्टी जिल्ला समिति भक्तपुरले आयोजना गरेको राष्ट्रिय जागरण अभियान उद्घाटन कार्यक्रममा बोल्दै दाहालले सुकुम्बासी, आदिवासी जनजाति, दलित र महिलालगायत समुदायका अधिकार, हित र पहिचानमाथि विभिन्न ढंगले प्रहार भइरहेको बताएका