सिरहा । सिरहाको मिर्चैयाबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थसहित प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार मिर्चैया नगरपालिका–३ डण्डा टोल नजिकबाट २७ वर्षीय दिलीपकुमार मण्डललाई नियन्त्रणमा लिइएको हो । प्रहरीले मंसिर ४ गते राति करिब ८ः२० बजे प्राप्त गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मिर्चैया र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजारबाट खटिएको संयुक्त टोलीले उनको खानतलासी गरेको थियो । खानतलासीका क्रममा चुरोटको बट्टाभित्र लुकाइएका ५७ वटा प्लास्टिकका पुडियामा रहेको ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ । बरामद पदार्थ प्लास्टिकसहित ९.३६ ग्राम र प्लास्टिकबाहेक ३.३६ ... The post ब्राउन सुगरजस्तो देखिने पदार्थसहित एक युवक पक्राउ appeared first on Kalika Khabar.