काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले श्री गणेश र श्री भैरवका लागि छुट्टै निवास निर्माणले जीवित सम्पदा संरक्षणमा महत्त्वपूर्ण योगदान पुग्ने बताएकी छन् । शनिवार हनुमानढोका दरबार क्षेत्रमा आयोजित शिलान्यास कार्यक्रममा बोल्दै डंगोलले जीवित देवी कुमारीसँगै गणेश र भैरवका लागि पनि छुट्टै निवास आवश्यक रहेको बताएकी हुन् । इन्द्रजात्रालगायतका सांस्कृतिक पर्वमा जीवित देवीदेवताको रथयात्रा हुने भएकाले गणेश र भैरवको गरिमाअनुसारको निवास निर्माण महत्त्वपूर्ण रहेको उनले उल्लेख गरिन् । काठमाडौँको ऐतिहासिक वसन्तपुरस्थित कुमारी घरसँगै श्री गणेश र श्री भैरवका लागि छुट्टै भवन निर्माण गर्न लागिएको हो । विभिन्न कालखण्डमा राजनीतिक तथा ... The post गणेश र भैरवका लागि छुट्टै निवास निर्माणले जीवित सम्पदा संरक्षणमा योगदान पुग्छ : कार्यवाहक प्रमुख डंगोल appeared first on Kalika Khabar.