कर्मचारीलाई गृहमन्त्रीको चेतावनी : जनताको कामभन्दा नेताको चाकडीलाई प्राथमिकता दिए कारबाही हुन्छ, सम्झौता हुँदैन

  • शनिबार ६ मंिर २०८३ १२:०० PM
काठमाडौं : गृहमन्त्री सुधन गुरुङले दलको झोला बोकेर राजनीति गर्न पाइन्छ भन्ने भ्रम नपाल्ने आग्रह गरेका छन्। आज सामाजिक सञ्जालमा उनले राष्ट्रसेवक कर्मचारीको काम देश र जनताको सेवा गर्ने भएको बताएका हुन्। गृहमन्त्री गुरुङले कर्मचारीको काम कुनै राजनीतिक दलको झोला बोक्ने, नेताको चाकडी गर्ने नभएको बताए।‘ हामी सरकारमा आएदेखि नै एउटा कुरा स्पष्ट रूपमा भन्दै आएका छौं। राष्ट्रसेवक कर्मचारीको काम कुनै राजनीतिक दलको झोला बोक्ने वा नेताको चाकडी गर्ने होइन,देश र जनताको सेवा गर्ने हो। हामी नेता र कर्