युद्ध अन्त्य भयो, तर पीडितले अझै पाएनन् न्याय

  • शनिबार ६ मंिर २०८३ ०५:४२ AM
काठमाण्डु – तत्कालीन माओवादीले सशस्त्र द्वन्द्व अन्त्य गर्ने प्रतिबद्धतासहित भएको विस्तृत शान्ति सम्झौताको शनिबार दुई दशक पूरा भएको छ । तर सम्झौतामा उल्लेख गरिएका संक्रमणकालीन न्याय, बेपत्ता नागरिकको अवस्था सार्वजनिक गर्ने, सत्य निरूपण, मेलमिलाप र पीडितलाई क्षतिपूर्ति दिने विषय अझै अधुरै छन् । हतियार व्यवस्थापन र माओवादी लडाकुको समायोजन टुंगिए पनि द्वन्द्वकालीन मानवअधिकार उल्लंघनका घटनाको