काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमने सामने हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुने फाइनलले एनपीएलको तेस्रो संस्करणको च्याम्पियन टुंगो लगाउनेछ।यो फाइनल अघिल्लो संस्करणको पुनरावृत्ति पनि हो। गत संस्करणको उपाधि भिडन्तमा पनि यी दुई टोली नै एक अर्काको सामना गरेका थिए। उक्त फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो। यसपटक सुदूरपश्चिमसँग