काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाली फुटबलमाथि अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले लगाएको निलम्बन फुकुवाको प्रक्रिया अघि बढेको बताएका छन् । थाइल्यान्डमा फिफा र एसियाली फुटबल महासङ्घ (एएफसी)का अध्यक्षसहितका पदाधिकारीसँग छलफल गरेर स्वदेश फर्किएका मन्त्री पोखरेलले निलम्बन फुकुवासँगै अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को तहगत निर्वाचन गराउने विषयमा पनि सहमति भएको जानकारी दिएका हुन् ।