काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले प्रधानमन्त्रीको भारत भ्रमणलाई नेपालको आर्थिक कूटनीति सुदृढ गर्ने ऐतिहासिक अवसरका रूपमा उपयोग गर्नुपर्ने बताएका छन्। मल्लले भारतसँगको व्यापार घाटा न्यूनीकरण, जलविद्युत् निर्यात, पर्यटन प्रवर्द्धन तथा उत्पादनमूलक क्षेत्रमा भारतीय लगानी वृद्धि गर्ने विषयलाई प्रधानमन्त्रीको भारत भ्रमणको प्रमुख एजेन्डा बनाउनुपर्नेमा जोड दिएका छन्। उनका अनुसार भारतसँग नेपालको करिब ९ खर्ब ५२ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा रहेको अवस्थामा यसको न्यूनीकरणका लागि ठोस पहल आवश्यक छ। नेपालबाट भारतमा जलविद्युत् निर्यात विस्तार, भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि थप हवाई प्रवेश मार्गको व्यवस्था तथा भारतीय ... The post प्रधानमन्त्रीको भारत भ्रमणलाई आर्थिक कूटनीतिको ऐतिहासिक अवसर बनाउन चेम्बरका निवर्तमान अध्यक्ष मल्लको सुझाव appeared first on Kalika Khabar.