काठमाडौं जिल्ला, चन्द्रागिरि नगरपालिका–८ स्थित एपीएफ एकेडेमी गेट काप्रावोट नजिकैको मोडमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडि सवार व्यक्ति घाइते भएका छन्। मंसिर ४ गते अन्दाजी १८:०० बजेको समयमा मकवानपुरबाट सतुङ्गलतर्फ आउँदै गरेको जिल्ला कञ्चनपुर, बेलौरी बस्ने अन्दाजी २५ वर्षीय रमेश चौधरीले चलाएको बा.प्र.०२-०२० प २७६६ नम्बरको बुलेट मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खस्दा दुर्घटना भएको थियो। दुर्घटनामा मोटरसाइकल चालक रमेश चौधरी र पछाडि सवार जिल्ला कञ्चनपुर, पुनर्वास नगरपालिका–६ घर भई हाल काठमाडौं जिल्ला, कीर्तिपुर बस्ने अन्दाजी ४३ वर्षीय मेकबहादुर वाइबा घाइते भएका थिए। दुर्घटनाको खबर प्राप्त ... The post मोटरसाइकल दुर्घटना हुँदा चालकको मृ’त्यु appeared first on Kalika Khabar.